गायक तथा संगितकार दीप श्रेष्ठको एकल साँझ हुने भएको छ । चितवन भरतपुरमा दिपले एकल साँझ गर्ने भएका हुन् । भरतपुर महानगरको वडा नम्बर ६ र १३ मा पर्ने देव नगर चम्पा नगरमा रहेको लेक ट्वाँटी थाउजेण्ड फार्म एन्ड रिट्रि (एलटीके हवेली) मा कार्यक्रम हुनेछ । एलटीके हवेलीको आयोजनमा हुन लागेको कार्यक्रमको होस्ट नायिका गौरी मल्लले गर्ने छिन् । एलटीके हवेलीका सञ्चालक देभेन लोहनीले कार्यक्रम पुस १६ गते शुक्रवार राती ६ बजेदेखि सुरु हुने बताए । साथै कार्यक्रममा बेली डान्सर बिनु शाक्य, गायिका अञ्जना राईले पनि प्रस्तुति दिनेछन् । चितवनमा गायक दीप श्रेष्ठको पहिलो पटक ओपन सो हुन लागेको हो । २ हजार रुपैयाँ टिकट शुल्क तोकिएको कार्यक्रम राती १२ बजेसम्म चल्नेछ ।