फिल्म ‘आकासे खेती’ को प्रदर्शन मिति घोषणा भएको छ । उदय सुब्बाको निर्देशनमा बनेको फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो । आउँदो फाल्गुन २७ गतेलाई प्रदर्शन मिति सार्वजनिक गर्दै फर्स्ट लुक पोस्टरमा फिल्मका कलाकारहरू गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ ‘हैट’, निता ढुङ्गाना, रवीन्द्र झा, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ । एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक सुब्बाले लेखेका हुन् । तिब्वतियन शरणार्थीको विषय बनेको फिल्ममा रमा लिम्बु र जयनन्द लामाको पनि मुख्य भूमिका छ । फिल्ममा विक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजीवको नृत्य, विकाश चौधरी र बादल लिम्बुको संगीत रहेको छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दिलप्रकाश फिल्मको निर्माता हुन ।