पूर्व मिस नेपाल श्रृंखला खतिवडा अहिले काठमाडौँ आएकी छन् ।  हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक विमोचन गर्नुका साथै क्रिसमसको छुट्टी सेलिव्रेसन गर्ने उनी नेपाल फर्किएकी हुन् । उनी हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न चार महिनाअघि अमेरिका प्रस्थान गरेकी थिइन् । अमेरिका जानुअघि र फर्केपछि घरको माहौल बदलिएको अनुभव सुनाउँदै घरमा फर्कँदा बुवा विरोध खतिवडालाई मन्त्रीको रूपमा भेटेको उनले सुनाइन् ।