फिल्म `चुरीफुरी´ आज बाट प्रदर्शनमा आएको छ । कमेडी र सामाजिक कथावस्तु उठान गरिएको फिल्मले अस्ट्रेलिया जाने क्रममा ठगिएको एक युवकको बारेमा देखाएको छ । ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन रहेको फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा,शिशिर भण्डारी, सुबोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय रहेको छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो फिल्मको सह निर्माता हुन् । राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको समावेश छ ।