नायिका आँचल शर्माले तेलुगु फिल्ममा काम गरेकी छिन् । विष्णु अधिकारीले निर्देशन गरेको ‘हिटम्यान’मा आँचल काम गरेकी छन् । उताको कलाकार सँग आफ्नो अनुहार मिल्ने भएपछि तेलेगु फिल्ममा काम गरेको शर्माको भनाइ छ । दीपक अधिकारीले निर्माण गरेको यो फिल्मलाई वाईएस शेखरले छायांकन गरेका छन् । यो फिल्मको प्रिमियर हैदराबादमा हुँदै छ । जहाँ आँचल पनि सहभागी हुनेछिन् । हिटम्यानको नेपालमा ११ दिनसम्म छायांकन गरिएको थियो ।