`सिमसिमे पानी´ गायिका रेखा शाहले आफ्नो गीतलाई अनाधिकृत प्रयोग गर्न चेतावनी दिएकी छिन् । अनुमतिबिना टेलिभिजन रियालिटी सोमा आफ्नो गीतहरू गाएको भन्दै ,उनले नगाउनलाई चेतावनी दिएकी हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो गीत अनुमति बिना नै गाएको भन्दै उनले मेरो अनुरोधलाई बेवास्ता गरी प्रयोग गरिएमा प्रतिलिपि अधिकारको कानुन र कसैको सम्पत्ति भोग चलन बापतको ठगी मुद्दाअनुसारको कानुनी कारबाही गरिने जानकारी गराउँछु ।’ भनेर पोस्ट्याएकि छिन् । सो गीत रिलिज भएको ३० वर्ष भैसकेको छ । उनकै शब्द, लय र स्वरमा समावेश उक्त गीत अहिले पनि कालजयी छन् ।