फिल्म `श्री´ युट्युबमा रिलिज भएको छ । शुक्रवार युट्युब च्यानल ओ•एस्• आर बाट सार्वजनिक गरिएको फिल्ममा सन्दीप क्षेत्री, रवीन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, भोलाराज सापकोटा, नवीन श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय रहेको छ ।
फिल्मलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । सविता गुरुङको निर्माण रहेको फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई शिवं अधिकारीले सघाएका छन् । फिल्मलाई शेरबहादुर तामाङले छायांकन गरेका हुन् ।