निर्देशक दिवाकर भट्टराई ले नयाँ फिल्मको घोषणा गरेका छन् l ‘हनी बनी’ नामक नयाँ फिल्मको  दिवाकरले क्रिसमसको अवसर पारेर घोषणा गरेका हुन् l ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई एबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l लभ स्टोरी जनरामा बन्ने फिल्मको लागि कलाकार अडिसन बाट छनौट गरिने छ l केही हप्तामा ‘हनी बनी’ का लागि अडिसन आह्वान गरेर कलाकार छनोट गरिने निर्माण टिमको योजना छ l नयाँ अनुहारसँगै नाम चलेका कलाकारहरूको पनि फिल्ममा अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l निर्देशक दिवाकरको ‘तिमीसँगै हुने मन छ’ पनि पाइप-लाइनमा रहेको छ l