गायक टिकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘उही बाटो’को भिडियो सार्वजनिक भएको छ । रबी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणीन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ गीतमा समावेश छ l भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् l
भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशन छ । सुधीर श्रेष्ठ र स्मारिका ढकाल भिडियोमा फिचर्ड छन् l साथै सुधीर र स्मारिकालाई अभिनयमा नबिना थापाले साथ दिएकी छिन् l भिडियो द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको हो ।