विगत १४ वर्षदेखि लोकप्रियता हासिल गर्दै सञ्चालन भैरहेकोे ‘फेसियल हाउस’ले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । शनिवार आयोजना गरिएको बार्षिकोेत्सवमा नायिका पूजा शर्मा , उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा , निर्देशक तथा कलाकार शोभित बस्नेत नायकद्धय दिक्पाल कार्की र यशराज गराचको उपस्थिति रहेको थियो l केक काट्दै वार्षिकोत्सव भव्यताको साथ मनाइएको थियो l उपस्थित रहेका व्यक्तित्वहरूले फेसियल हाउसलाई शुभकामना दिए । । नेपालकै नम्बर १ ब्युटी पार्लरको अवार्ड समेत जितेको उक्त हाउसको सञ्चालिका सुष्मा महरा हुन् l कार्यक्रममा बोल्दै नायिका शर्माले –‘म नायिका बन्नु अगाडिदेखि नै फेसियल हाउसमा आइरहेकी छु । यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ ।’ भनेर आफ्नो कुरा बताएकी थिइन् l ाठमाडौैं भित्र ‘फेसियल हाउस’को ३ वटा र मोफसलमा २ वटा शाखा सञ्चालनमा छन् ।