नायिका विनीता बराल फेरी आमा बन्ने भएकी छिन् l अमेरिकामा पहिलो सन्तानको रूपमा छोरी (काया) लाई जन्म दिएकी बरालले फेरी दोश्रो सन्तानलाई धर्ती देखाउन लागेकी हुन् l क्रिसमसको अवसरमा आइतबार आफ्नो फेसबुकमा बेबी बम्पसहितको एक तस्बिर पोस्ट गर्दै आफू दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि उल्लेख गरेकी छन् । २०७६ सालमा प्रेमी तिलक पौडेल सँग लगनगाँठो कसेकी विनीताले २०७६ सालको पुस १० गते पहिलो सन्तानलाई जन्मा दिएकी हुन् l हाल उनी अमेरिकामा छिन् l फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि एकाएक चर्चामा आएकी विनिताले त्यसयता ‘फूल स्पट, सुपर हिट, उमङ्ग’ लगायतका फिल्ममा विनीताले अभिनय गरेकी छिन् l