गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ।  राजेन्द्र थापा र राजनराज सिवाकोटीको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको गीतको भिडियोमा मोडेल गरीमा शर्मा फिचर्ड छिन् l निसान घिमिरेले निर्देशन गरेको भिडियोमा नेपाली मौलिक गीतमा डाँडा काँडा तथा हिमाली दृश्यहरूलाई सुन्दर रूपमा सागर प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन्।

भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका हुन्। साइरस प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा सन्तोष राज बाहकको कोरियोग्राफी समावेश छ l