नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले मिनी इन्टरनेट प्लान ल्याएको छ l थोरै इन्टरनेट प्रयोग हुने घरहरूमा सुपर फास्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने भायानेटले जानकारी दिएको हो । ८०० रुपैयाँ प्रतिमहिना तिर्ने गरी मिनी प्याक–७५ लिने ग्राहकहरूले ७५ एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने भएका हुन् ।  मिनी इन्टरनेट प्लान नयाँ बर्ष अन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क उपलब्ध गराउनेछ । सिम लिएका ग्राहकहरूले प्रत्येक महिना चार जीविका दरले एक वर्षसम्म कुल ४८ जीवी मोबाइल डाटा पाउने भायानेटले जनाएको छ । मिनी इन्टरनेट प्रडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पिड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्ने भायानेटले दाबी गरेको छ । भायानेटले दुई हप्ता अघि मात्र अल्ट्रा फाई लाइनको प्रडक्टहरू पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पिड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्रा फाई प्रडक्ट लाइनहरूको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै दुई वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।