'चपली हाइट ३' फेरी पनि आफ्नी रिलिज मिति सारेको छ l फिल्मले   अब दुई साता पछि आफ्नो फिल्मलाई जुर्दो मिति पुष ३० गते लाई लक गरेको छ l निर्माता अर्जुन कुमारले आइतबार नेपाल चलचित्र संघमा एक निवेदन दिँदै फिल्म फेरी सरेको जानकारी दिएका हुन् । अब ‘चपली हाईट ३’ को प्रतिस्पर्धा साउथ सुपरस्टार प्रभासको फिल्म ‘राधे श्याम’ सँग हुनेछ । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको फिल्म क्राइम थ्रिलर जनरामा बनेको हो । फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।'चपली हाईट ३'मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत फिल्ममा अभिनय छ । फिल्मलाई स्टेसन फाइभले काठमाडौँ र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।