गायिका रजिना रिमाल र गायक युनिस शाहीको नयाँ गीत 'बैना रुमाल' सार्वजनिक भएको छ । गीतमा शब्द संगीत स्वयम गायक युनिस शाहीको रहेको छ । गीतमा सञ्जीव बराइलीको एरेन्ज ,मिक्सिङ र रेकर्डिङ समावेश छ l भिडियोमा मोडल गरिमा शर्मा र निरञ्जन प्रधान फिचर्ड छन् l
गरीमा र निरञ्जनलाई अभिनयमा सुरत हुमागाईँ र गोमा न्यौपानेले साथ दिएका छन् । हरि हुमागाईँको भिडियोमा निर्देशन र सम्पादन रहेको छ l गीतलाई क्रीएटिभ ह्याट्स युट्युब च्यानल सर्च गरेर हेर्न सकिन्छ l