आज बाट पोखरामा 'पामे' अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल' सुरु भएको छ l 'पामे' को यो ५ औ संस्करण हो l महोत्सवको मुख्य कार्यक्रम पोखराको फेवाताल किनारमा हुनेछ भने अन्य गतिविधि विभिन्न हल तथा होटेलमा हुने छन्। विविध विधाका ९४ फिल्मबिच प्रतिस्पर्धा हुने महोत्सवमा सर्ट फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट फिल्म, क्रिटिक्स र अडियन्स च्वाइस अवार्डसमेत प्रदान गरिने कार्यक्रम छ। २० देशका लामा-छोटा गरी ९४ बढी फिल्म तथा डकुमेन्ट्री महोत्सवमा प्रदर्शन गरिने छ l १६ गतेसम्म चल्ने महोत्सवले फिल्मका माध्यमबाट कलाका विविध विधा र पर्यटन उद्योगलाई समेत जोड्ने यो महोत्सव हाम्रा लागि औपचारिक र अनौपचारिक दुवै खालका सिकाइको थलो बन्ने विश्वास लिएको संयोजक प्रवीण कार्कीको भनाइ छ l फिल्म प्रदर्शनीसँगै महोत्सवमा मास्टर क्लास, वर्कसप, ल्याब, फोटो प्रदर्शनी, चित्रकला, साहित्यिक प्रस्तुतिहरू छन्। यसबाहेक लोक तथा परम्परागत गीत-सङ्गीत, नाचलगायत मौलिक प्रस्तुतिहरू पनि महोत्सवको आकर्षणका रूपमा रहने बताइएको छ। साउथ एसियाका डकुमेन्ट्री, महिला निर्देशक तथा फिल्म पढेका विद्यार्थी लक्षित फिल्म र गतिविधि पनि समावेश छन्।यसबाहेक झुमा लिम्बूले नेतृत्व गरेको रैथाने सङ्गीत समूहले सङ्गीत प्रस्तुत र अन्तरक्रियात्मक कार्यक्रम पनि महोत्सवको आकर्षण हुने छ।