३० औ पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले राष्ट्रिय कविता प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । पृथ्वीनारायणको सम्मान गर्दै सेनाले गैर सैनिक व्यक्तिहरूलाई समेत समावेश गरी कविता प्रतियोगिता आयोजना गर्न लागेको हो l उक्त खबर सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको हो l यही पुस १७ गतेसम्म सेनाको इमेल ठेगाना कविता kabita@nepalarmy.mil.np मा सहभागिता जनाउन चाहनेले आफ्नो कविता पठाउन सक्नेछन् । प्रतियोगितामा उत्कृष्ट १० जनालाई जनही २० हजार तथा थप छनोट भएका २० जनालाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने जंगी अड्डाले जनाएको छ । साथै सेनाकै वेबसाइट भिजिट गरेर थप् अन्य कुराको पनि जानकारी लिन सकिने छ l