बलिउड गायिका असीस कौरको काठमाडौँमा कन्सर्ट हुने भएको छ । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टको लागि असीस जनवरी ७ मा काठमाडौँ आउँदै छिन् l कन्सर्ट काठमाडौँको दरबारमार्ग स्थित क्लब प्लेटिनममा हुने छ l खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीत बाट चर्चामा आएकी असिसले इण्डियन आइडल, आवाज पञ्जाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा सहभागिता जनाइ सकेकी छिन् l कार्यक्रममा असीस कौरका अलावा नेपाली गायक याबेश थापाको समेत प्रस्तुति रहने जनाइएको छ । असीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ ।