नेपाली सिनेमा हलहरूमा पहिलो पटक जापानी फिल्म प्रदर्शनमा आउने भएको छ l २०२२ सुरु भए सँगै फिल्म जापानी फिल्म ‘माई हिरो अकाडेमिया : वर्ल्ड हिरोज् मिसन’ रिलिजमा आउन लागेको हो l एप्पल इन्टरटेनमेन्टले आगामी पुस ३० गते (जनवरी १४) गते फिल्म प्रदर्शनमा ल्याउँदै छ l नयाँ बजारको खोजी गर्दै दर्शकलाई नयाँ स्वाद दिनलाई जापानी फिल्मले पहिलो पटक नेपाली बजारमा पाइला टेक्न लागेको हो l पछिल्लो समय जापानी फिल्म र सिरिजका दर्शक र उनीहरूको बढ्दो चाहनालाई मध्यनजर गरेर फिल्मलाई हलमै रिलिज गर्न लागिएको हो । जापानी भाषा र अंग्रेजी सबटाइटलमा रिलिज हुने उक्त फिल्मलाई दर्शकले रुचाउने आशा लिइएको छ । फिल्मलाई केन्जी नागासाकीले निर्देशन गरेका हुन् । जापानी फिल्म स्टारहरू दाइकी यामासिता, नोबुहिको ओकामातो र युकी काजीले मुख्य पात्रमा स्वर दिएका छन् ।