हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुन:प्रशारणमा आउने भएको छ । केही समय अघि बन्द गरिएको कार्यक्रम अब नयाँ निर्देशक र नयाँ कलाकारहरूका साथ प्रसारणमा आउने भएको हो । शोलाई अब दिनेश डिसीले निर्देशन गर्ने छन् । साथसाथै पहिलेका अब केही कलाकारहरू पनि सो मा नहुने कार्यक्रमका होस्ट जितु नेपालले बताएका छन् । कार्यक्रम कुन च्यानल बाट आउँछ भनेर चाहिँ हाल सम्म टुंगो भैसकेको छैन l उक्त कुराको जानकारी कलाकार जितुले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् l सञ्जालमा जितु लेख्छन् : सबैमा हार्दिक नमन सहित सानो जानकारी दिन चाहेँ..मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दै छु।हिजोका केही कमिकमजोरीहरुलाई हटाउँदै नयाँ जोस जाँगर र उत्साह सहित आउन लागेका छु।केही नयाँ अनुहार,नयाँ सेट अप र मनोरञ्जनका नयाँ प्रयोग सहित,मेरो आदरणीय गुरु दिनेश डी .सी.दाइको निर्देशनमा तयार गरिने अबका भागहरू अवश्य हजुरहरूलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने विश्वास लिएका छु। क्लबमा सहभागी हुने नयाँ पात्रहरू,प्रसारण हुने टेलिभिजन,मिति र समय चाँडै नै एक कार्यक्रमका बिच सार्वजनिक गर्नेछौ। सबै आदरणीय दर्शकहरू बाट पाई रहेको माया साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु। "मुन्द्रे" केही आत्तिएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हँसाउन न सक्ला तर रुवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तरन राम्रो गर्ने छैन । हजुरहरूले माया गरेर नाम नै परिवर्तन गरिदिनु भयो, "मुन्द्रे" बनाइदिनु भयो,अनि हजुरहरूले बनाएको "मुन्द्रे"निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त.? त्यसैले अब आउँछ "मुन्द्रे" आफ्नो क्लब लिएर हजुरहरूको माझमा....सबै प्रति हार्दिक नमन।