नायिका रेखा थापा निर्माता छवि राज ओझा सँग सम्बन्ध बिछेद भए पछि अहिले एकल जीवन बिताइरहेकी छिन् । एकल जीवन बिताउँदा दिक् दार बनेकी थापाले अब विवाह गर्ने तयारी गरेकी छिन् । २०७९ सालमा आफू विवाह बन्धनमा बाँधिने उनको भनाइ छ । हालै टेलिभिजन अन्तर्वार्तामा रेखाले २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी छन् । इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेकी उनी आफ्नो लभ र एरेन्ज दुवै हुन सक्ने बताउँछिन् ।