पुस ९ गते बाट प्रदर्शनमा आएको फिल्म 'चुरीफुरी'ले दर्शक बाट सकारात्मक प्रतिकृया पाएको निर्देशक अनि निर्माण टिम बताउछ्न् l फिल्मले पोखरामा पनि गएर दर्शक सँग फिल्मको प्रतिकृया लिएको छ l चुरीफुरीका निर्देशक ऋषिराज आचार्य ,नायिका सोना बज्राचार्य ,कलाकार तुलसी प्रसाद श्रेष्ठ सहितको टोली पोखरा पुगेको फिल्म बारे बुझ्न पोखरा पुगेका हुन् l पोखरामा पनि फिल्मले काठमान्डौकै दर्शकको जति माया पाएको छ l कोरोना पछि दर्शकले राम्रो नेपाली फिल्म हेर्न पाएको र हल समेत फिल्मले चलायमान गरेको हल सञ्चालकहरूको भनाइ छ l सोसल कमेडी जनरामा निर्माण भएको ‘चुरीफुरी’ को कथा, पटकथा र संवाद निर्देशक आचार्य स्वयंले तयार पारेका हुन् । रिना ढकाल निर्माता रहेको फिल्मको सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । फिल्मलाई राहुल राईले खिचेका हुन् l फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य , रिन्जिन गरुङ , रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मि आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् l