काम गरे बापत पारिश्रमिक नपाएको खबर सिने क्षेत्रमा नौलो कुरा भने हैन l पारिश्रमिक नपाएको भनेर थुप्रै कलाकारहरू सामाजिक सञ्जालमा गुनासो पोख्ने गरेका छन् l केही दिन अघि 'चपली हाइट' का कलाकारहरूले पारिश्रमिक नपाएको गुनासो सञ्जालमा पोखेका थिए l उक्त कुरा अहिले सम्म पनि सेलाई सकेको छैन l उक्त कुराले विश्राम लिन नपाउँदै नायिका तथा मोडेल परमिता राज्यलक्ष्मी राणाले पारिश्रमिककै कुरा गर्दा सिने क्षेत्र तताएकी छिन् l आफूले निकै गाह्रो गरी कमाएको आफ्नो पैसा पनि भिक मागे जसरी मागिरहनुपर्ने उनको भनाइ छ l सामाजिक सञ्जाल इन्स्टा मार्फत पारिश्रमिक नदिनेहरू माथि आक्रोश पोख्दै उनी लेख्छिन् : ‘म आजित भइसकेँ । असाध्यै आजित भइसकेँ । अब त पारिश्रमिक नदिनेहरूको नाम सार्वजनिक नै गरिदिन्छु ।’ यस्तो गर्नुपर्दा आफूलाई पनि नराम्रो लागेको बताउँदै यो नै अन्तिम उपाय भएको बताएकी छिन् ।

Cine pati

साथै आफूले अभिनय गरेको एउटा फिल्मको पूरा पारिश्रमिक एक वर्षपछि मात्रै पाएको पनि उनले खुलासा गरिन् । नेपालमा मोडलिङ र अभिनय क्षेत्रमा लाग्न चाहनेहरूका लागि यस्ता कुराहरूले निकै दुःखी तुल्याउने उनी बताउँछिन्  l