गायक विवश बस्नेत र पूर्णिमा लामाको आवाजमा ए रिमै पन्चे बाजा बजाई'  को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रिले निर्देशन गरेका छन् । 

 

भिडियोमा सुनिल क्षेत्री ,महादेव त्रिपाठी,  सुनिता धामेल र विनीता परियार फिचर्ड छन् । भिडियोको छायाङ्कन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन् । डिएआर मुभिजको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।