फिल्म `पसिना´ युट्युबमा सार्वजनिक भएको छ। युट्युब च्यानल ओ•एस्• आर डिजिटल मार्फत फिल्मलाई रिलिज गरिएको हो । फिल्ममा आर बि खत्रीको निर्देशन,निर्माण तथा कथा रहेको छ। शान्ता ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सञ्जय महतो हुन् ।  

राम केसीको छायाँकन रहेको फिल्ममा नवीन निरौला र भरत  रेग्मीको सम्पादन देख्न सकिन्छ । फिल्ममा गौरव पहारी ,अनु शाह , सरोज खनाल, रबी गिरी, ध्रुव कोइराला, जयनन्द लामा लगायतको अभिनय रहेको छ