लोकप्रिय हास्य टेलिसिरियल 'गोलमाल' प्रसारण नहुने भएको छ l उक्त खबर गोलमालका निर्माता पर्शुराम रिजालले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् l केही प्राविधिक समस्याका कारण सिरियल सदाको लागि बन्द गर्न लागेको उनको भनाइ छ l रिजाल लेख्छन् : हिमालय टेलिभिजन र भाईब्स क्रियसन युट्युब च्यानलबाट लगातार प्रशारण हुँदै आएको हाँस्य कमेडी सिरियल (गोलमाल सिजन २) केहि प्राबिधिक समस्याको कारण आजबाट लागु हुनेगरी बन्द गरिएको जानकारी गराउदछौं।  यसबाट हाम्रा दर्शकहरुप्रति पर्न गएको असुबिधाप्रति हामी क्षमाप्रार्थी छौं। चाँडै नै हाम्रो उत्पादन कम्पनी भाईब्स क्रियसन बाट केहि नयाँ र उत्कृष्ट कमेडी सिरियलहरु लिएर पुनः यहाँहरु समक्ष आउने समेत जानकारी गराउदछौं । भाईब्स क्रियसन परिवार l

Cine pati

सिरियल हिमालयन् टेलिभिजन र भाईब्स क्रियसन युट्युब च्यानल बाट प्रसारण हुँदै आइरहेको थियो l सिरियलमा  अंशु थापा (हात्ती), बिनोद राइ (घ्याम्पे सुब्बा), नविना सिलवाल (खुइली),  नेत्र राउत (तिखे), नमस्ते दिवाकर घिमिरे (दले) केदार पराजुली,  नवराज थापा, दुर्गा बन्जाडेको अभिनय रहेको छ l