चर्चित र्यापर आशिष् राना 'लाहुरे' पोखराबाट पक्राउ परेका छन् । ब्राउन सुगर खरिद गर्न लागेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो । बुधबार राती उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताएका छन् । थप् थापा भन्छन्: 'लाहुरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ,' 'उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ।' लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको छ ।लाहुरे हिमालयन रोडिजका जज पनि हुन् ।