फिल्म `गोर्खा वारिएर २´ को छाँयाङकन समापन भएको छ । फिल्मको इन्ड क्ल्याप भएको निर्मात तथा फिल्म `गोर्खा वारिएर २´ को छाँयाङकन समापन भएको छ । फिल्मको इन्ड क्ल्याप भएको निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । फिल्मलाई लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो l नेपालसहित मलेसिया र बेलायतमा छायांकन भएको फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले लगायतको अभिनय रहेको छ l फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदीप बरालको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन समावेश छ l फिल्मलाई दोस्रो पार्ट प्रदर्शनमा गरेपछि पहिलो पार्ट निर्माण गर्ने मिलनले बताएका छन् l