फिल्म 'कठपुतली' को प्रिमियर भएको छ l गत बुधवार बेलुका राजधानीको बिग मूभिजमा गरिएको प्रिमियरमा फिल्मका कलाकार देखी अन्य कलाकार सम्मको उपस्थिति रहेको थियो l हरर कथामा आधारित कठपुतली हेर्न नायिका बेनिशा हमाल , कलाकार जितु नेपाल , निर्देशक प्रदीप भट्टराई, नायिका निशा अधिकारी फिल्म हल पुगेका थिए l कोरोनाभाइरस महामारीको जोखिमकै बिचमा भव्य प्रिमियर आयोजना गरिएको फिल्मले प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गरेको छ । भीमसेन लामा निर्देशित फिल्म शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।
कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन त्रास र ‘स्पाइडरम्यान’को दबदबाबीच फिल्म प्रदर्शन हुन लागेको हो । फिल्ममा कर्मा श्रेष्ठ , उषा रजक, गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्केको मुख्य भूमिका रहेको छ l