रियालिटी शो 'कमेडी च्याम्पियन' टोली दुबई उडेको छ l स्टेज कार्यक्रमको लागि सिजन १ र सिजन २ का प्रतिस्पर्धीहरू दुबई गएका हुन् l कान्तिपुर होलिडे डट कमको प्रस्तुतिमा ‘कमेडी च्याम्पियन इन दुबई’ हुन लागेको हो l न सिजन १ का विजेता हिमेश पन्त, सिजन १ का फस्ट रनर अप सुमन कोइराला र अर्का प्रतिस्पर्धी सुमन कार्की, सिजन २ का विजेता भरतमणि पौडेलसँगै फस्ट रनर अप विक्की अग्रवाल र सेकेन्ड रनर अप सन्तोष थापा बिहीबार दुबई प्रस्थान गरेका हुन् l यी कलाकारका साथै अन्य गायक -गायिकाले पनि दुबईमा आफ्नो प्रस्तुति दिने छन् l गायक शिव हमाल र गायिका द्वय समीक्षा अधिकारी र प्राश्ना पाण्डे पनि रहेका छन् l निर्देशक विशाल भण्डारी विशेष अतिथिका रुपमा आयोजना भएको कार्यक्रम डिसेम्बर ३१ मा एस्टोरिया होटेल बर दुबईको क्लब याक एन्ड यति एभरेस्टमा हुँदै छ ।