देवेन्द्र बब्लु र अस्मिता अधिकारीको आवाजमा ‘साइँला-साइँली’ बोलको गीत इन्टरनेट रिलिज भएको छ l विमला हुमागाईँले कोरेको शब्दमा संगीत दीपकराज विश्वकर्माले भरेका छन् l गीतको एरेन्ज पुष्कर सुनुवारले गरेका हुन् । गायक देवेन्द्रकै निर्देशन रहेको भिडियोमा अभिनय पनि उनले नै गरेका छन् l साथमा देवेन्द्र सँग अभिनयमा बोधा शर्मालाई पनि देख्न सकिन्छ l
सडकमा व्यापार गर्ने युवा र युवतिबिच ख्यालख्यालैमा माया बसेको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ l भिडियोमा अनिल के मानन्धरको छायांकन र मनोज कार्कीको सम्पादन छ । भिडियोलाई देवेन्द्र बब्लुकै युट्युब च्यानल सर्च गरेर हेर्न सकिन्छ ।