आज बाट प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली' लाई हेर्ने दर्शक बढे पछि मल्टिप्लेक्सहरुले शो बढाएका छन् l शुक्रवार काठमाडौँको छायाँ सेन्टरमा यो फिल्मका लागि एक शो मात्र उपलब्ध थियो । तर, दर्शकको माग आएपछि शनिवार फिल्मका लागि क्यूएफएक्सले छायाँ सेन्टरमा मात्र ४ शो उपलब्ध गराएको छ । यस्तै, काठमाडौँकै सिभिल, क्यूएफएक्स भक्तपुर, ललितपुरको लबिम मल लगायतका हलमा पनि शनिवारको शो बढाइएको छ ।शुक्रवारको व्यापार राम्रो भएपछि शनिवारका लागि २२ शो उपलब्ध गराएको छ । सिंगल थिएटरमा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद रहेका जानकारी प्राप्त छ । भीमसेन लामाको निर्देशनमा तथा निर्माणमा फिल्म बनेको छ l एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोज मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई फिल्ममा देखाइएको छ । फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ l