नायिका स्वस्तिमा खड्काको रंगोली बनाएर भारतका एक कलाकार गिनिज ओल्ड रेकर्डमा नाम राख्ने तयारीमा छन् l रंगोली कलाकार शिव मानिकपुरीले रंगोली कलाबाट खड्काको रंगोली बनाउने भिडियो अन्तर्वातामा बताएका हुन् l गत बुधवार ठमेलको चाक्सिबारीमा स्थित मिथिला येँ आर्ट ग्यालरीमा सञ्चालन भैरहेको भारतीय तथा नेपाली कलाकारहरूको सामूहिक कला प्रदर्शनी "रंग उत्सव २" मा उनले स्वस्तिमाको रंगोली पोट्रेट बनाउँदै आफू खड्काको ठुलो फ्यान रहेको पनि बताएका छन् l साथै अब चाडै नै गिनिज ओल्ड रेकर्डमा पनि खड्काको रंगोली बनाएर चिनिने मानिकपुरीले बताएका थिए l आफ्नो रंगोली बनाएकोमा स्वस्तिमाले पनि खुसी व्यक्त पनि गरेकी थिइन l साथै आफू लाई पनि पेन्टिङमा रुचि भएको र हल्का फुल्का बनाउने गरेको पनि अभिव्यक्ति दिएकी थिइन् l थप् उनले भारत बाट पनि आफूले माया पाएको र भारतका मानिसहरू आफ्नै नजिकको जस्तो लाग्ने उनको भनाइ थियो l