यस हप्ता पनि कयौँ गीतहरू युट्युबमा रिलिज भए l कैले युट्युब ट्रेन्डिङलाई आफ्नो बनाउन सके भने कति आएको गएको अत्तोपत्तो पनि भएन l कुरा गरौँ यस हप्ता रिलिजमा आएका केही म्युजिक भिडियोको बारेमा:
१: देवेन्द्रको ‘साइँला-साइँली’
देवेन्द्र बब्लु र अस्मिता अधिकारीको आवाजमा ‘साइँला-साइँली’ बोलको गीत गत बिहीबार रिलिज भएको थियो l सकारात्मक प्रतिकृया दर्शक बाट पाइरहेको भिडियोलाई हाल सम्म ७४ हजार दर्शकले हेरी सकेका छन् l विमला हुमागाईँले कोरेको शब्दमा संगीत दीपकराज विश्वकर्माले भरेका छन् l गीतको एरेन्ज पुष्कर सुनुवारले गरेका हुन् । गायक देवेन्द्रकै निर्देशन रहेको भिडियोमा अभिनय पनि उनले नै गरेका छन् l साथमा देवेन्द्र सँग अभिनयमा बोधा शर्मालाई पनि देख्न सकिन्छ lसडकमा व्यापार गर्ने युवा र युवतिबिच ख्यालख्यालैमा माया बसेको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ l भिडियोमा अनिल के मानन्धरको छायांकन र मनोज कार्कीको सम्पादन छ । भिडियोलाई देवेन्द्र बब्लुकै युट्युब च्यानल सर्च गरेर हेर्न सकिन्छ ।
२: पल र प्रकृति अभिनीत 'तिमी नै सहारा'
लक्ष्मण भण्डारी च्यानल बाट हिजो मात्रै यो म्युजिक भिडियोलाई रिलिज गरिएको हो l प्रताप दास र अस्मिता अधिकारीको आवाजमा समावेश गीतलाई लक्ष्मण भण्डारीले कोरेका हुन् l भिडियोमा पल शाह र प्रकृति फिचर्ड छन् l हाल सम्म भिडियोलाई ५० हजार दर्शकले मात्र आँखा लगाएका छन् l सन्तोष केसीको संगीत, कमल सौरगको एरेन्ज रहेको गीतको भिडियोलाई क्रान्ति केसीले कोरीयोग्राफी तथा निर्देशन गरेका हुन् l भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने निरान्जन केसीले सम्पादन गरेका छन् l
३: विवश र पूर्णिमाको 'ए रिमै पन्चे बाजा बजाई'
गायक विवश बस्नेत र पूर्णिमा लामाको आवाजमा ए रिमै पन्चे बाजा बजाई' यही हप्ता बजारमा आएको हो । दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रीले निर्देशन गरेका छन् । यस गीतलाई ३० हजार काट्न पनी धौ धौ परेको छ l भिडियोमा सुनिल क्षेत्री ,महादेव त्रिपाठी, सुनिता धामेल र विनीता परियार फिचर्ड छन् । भिडियोको छायाङ्कन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन् । डिएआर मुभिजको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।
४ :नाजिर र रुबिनाको 'यस्तै हुन्छ माया'
सृजना खत्री 'हाउडे माया' र गायक निशान भट्टराईको आवाज रहेको गीतलाई पनि दर्शकले यही हप्ता हेर्न पाएका हुन् l सृजनाकै संगीत र लय सिर्जना रहेको गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन् l भिडियोमा नाजिर हुसेन र रुबिना थापाको अभिनय रहेको छ l शान थापाको निर्देशन र अर्जुन तिवारीको खिचाइ रहेको भिडियोलाई ३ लाख माथि दर्शकले हेरका छन् l भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् l
५: समीक्षा र विशालको 'पुग्यो अब पुग्यो'
२ लाख माथि दर्शकले हेरी सकेको म्युजिक भिडियोको गीतमा समीक्षा अधिकारी र विशाल निरौलाले आवाज दिएका छन् l गायक विशालकै शब्द तथा लय सिर्जना रहेको भिडियोलाई एकान्त मगरले सम्पादन तथा निर्देशन गरेका छन् l भिडियोलाई च्याङबाले खिचेका हुन् l