गायक राजेश राई कुटिएका छन्। न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ २०२२’ को सांगितिक कार्यक्रम गर्दै गर्दा उनी माथि हातपात भएको हो । अन्जानीमा भूल भयो कि’ गीत गाइरहेका बेला राईमाथि रक्सी पिएका एक दर्शकले स्टेजमा उक्लिएर हातपात गरेको आयोजक समितिका एक सदस्यले जनाएका छन्।स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट बिस्तारै आएका एक दर्शकले घाँटी समातेर उनीमाथि कुटपिट गरेको थिए। त्यसपछि आयोजक र दर्शकले राईलाई स्टेजमै पुगेर थप कुटिनबाट जोगाएका थिए। स्रोतकारअनुसार गायक राईलाई स्टेजमा कुट्ने ती दर्शक रक्सीले मातिएर बेलाबेला हो–हल्ला गरिरहेका थिए। उक्त घटना घटे लागतै कार्यक्रम स्थगित भएको थियो ।