अनुजा मिडियाले आयोजना गरिएको कार्यक्रम `सक्सेस अचिभर्स अवार्ड २०२१´ बाट देशका आदरणीय व्यक्तित्वहरू सम्मानित भएका छन् । अवार्डको आयोजना अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले गरेकी हुन् । पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको अतिथिमा सुरु भएको कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, हास्य कलाकार मनोज गजुरेल,  शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा  समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिस चन्द्र न्यौपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन वेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षा सेवी उत्तम सन्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, व्यवसायी तथा समाजसेवी रामशरण बस्नेत लगायत सम्मानित भएका हुन् । यी व्यक्तित्व बाट सबैले पाठ सिक्नु पर्ने हिसाबले उक्त सम्मान कार्यक्रम राखिएको हो ।