दयाहाङ राई अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ मा उनको लूक्स बाहिरिएको छ l शनिवार निर्माण टिमले सुटिङ सेटबाट उनको लुक्स सार्वजनिक गरेको हो । सार्वजनिक तस्बिरमा दयाहाङ शिरमा ढाका टोपी, घाँटीमा गलबन्दी र खुट्टामा गोल्ड स्टार सूजमा देखिएका छन् l उनको छेउमा नायिका पशुपति राई र एक बाल कलाकार छन् । नवीन सुब्बाको निर्देशन रहेको फिल्मका निर्माता अमोद राई हुन् l फिल्ममा दयाहाङको अलावा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायत पनि मुख्य भूमिकामा छन् । मार्किन कापरोनले फिल्मको छायांकन गरिरहेका छन् भने फिल्मको कथा नवीन सुब्बाको रहेको छ l यसै फिल्मबाट निर्देशक सुब्बाले निर्देशनमा १० वर्ष पछि पुनरागमन गरेका हुन्  l