बले एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट नयाँ म्युजिक भिडियो रिलिज भएको छ l 'हो होनी माया' बोल रहेको गीतमा हरि गिरी र स्मिता दाहालको आवाज रहेको छ l गायक गिरीकै शब्द र लय सिर्जना रहेको गीतको संगीत संयोजन एच बिएन किस्मतले गरेका हुन् l
सुरेन्द्र बस्यालको कोरीयोग्राफी तथा निर्देशनमा बनेको भिडियोमा मोडेलद्दय सागर लम्साल (बले) , सुमन ज्योति न्यौपाने र अदिति हमाल ठकुरी फिचर्ड छन् l बुद्ध थापाले खिचेको भिडियोलाई नवीन निरौलाले रङ संयोजन र सम्पादन गरेका छन् l