मोडल तथा हास्य कलाकार सागर लम्साल उर्फ बले र मोडेल प्रिज्मा खतिवडाको ब्रेकअपको खबरले सेलाउने नाम नै लिएको छैन l लम्सालले आफूहरू प्रेमी-प्रेमिका नभई मिल्ने साथी मात्र हो भन्दा पनि बारम्बार एउटै प्रश्नले पत्रकारहरूले झस्काउने गरेका छन् l आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पनि उनलाई सोही प्रश्नले झस्काए l पहिले देखी नै एउटै बोली बोलेका सागरले यस कार्यक्रममा पनि मिल्ने साथीकै उत्तर दिए l पत्रकारले तपाईँ त ब्रेकअप भएपछि मिडिया सँग तर्किनु भएको हो भनेर प्रश्न गर्दा , सागरले पत्रकार देखी दर्शक श्रोतालाई समेत छर्लङ्ग हुने गरी यस बारे बोले l ‘म आफैँ केही महिनादेखि मिडियासँग टाढा छु । मेरो पारिवारिक समस्याका कारण म मिडियामा आउन नसकेको हुँ,’ उनले भने, ‘यो बिचमा मैले प्रिज्मा र प्रिन्सी खतिवडाको अन्तर्वार्ता पनि हेरेँ । उहाँहरू आफ्नो विगतलाई सम्झिएर भावुक हुनुभएको थियो । रुने प्रिन्सी, माफी माग्ने प्रिज्मा र गाली खाने म भएँ ।’ थप्प लम्सालले बिहेको खबर समेत झुटो भएको भन्दै अब चाडै नै अर्को म्युजिक भिडियो ‘तिम्रो मन बदलिएछ २' को सिरिजमा प्रिज्मा-प्रिन्सिसँग सहकार्य गर्ने पनि बताए l