नेपाल आइडल प्रतियोगी उल्सन श्रेष्ठ र सन्ध्या जोशी विवाहको तयारीमा रहेका छन् । आइडल बाट एक अर्काको प्रेममा परेका यो जोडिले अब प्रेम सम्बन्धलाई लगन गाँठोमा परिणत गर्न लागेका हुन् । यी दुई यही माघ २७ गते विवाह गर्ने तयारीमा रहेका छन् । २ वर्ष देखि प्रेम सम्बन्धमा रहेका उल्सन र सन्ध्याले तरकारी , सुस्त लगायत गीतमा सहकार्य गरेका छन् । आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए ।