फिल्म ‘बुलबुल’ र ‘सरिता’ले  दक्षिण एसियाली घुम्ती फिल्म फेस्टिभल (इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल)मा अवार्ड जितेको छ ।सोसल ड्रामामा आधारित विनोद पौडेल निर्देशित फिल्म 'बुलबुल' ले तीन अवार्ड र सर्जियो बास्सोको 'सरिता' २ अवार्ड हात पारेको हो l बुलबुलले उत्कृष्ट निर्देशक, नायक र नायिका गरेर तीन आफ्नो पोल्टामा हालेको हो l यस फिल्म तीन वर्ष अघि नै सिनेमा हलमा प्रदर्शनमा आइसकेको छ l फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल , लक्ष्मी बर्देवा लगायत कलाकारहरूको अभिनय रहेको छ l त्यसै गरी 'सरिता' ले कोरियोग्राफी र पटकथा विधामा दुई अवार्ड जितेको हो । फिल्मको छायांकन रविन आचार्यले गरेका हुन् ।