यही पुस २४ गते धरानमा हुन गैरहेको सांगीतिक कार्यक्रममा गायिका रचना रिमाल, गायक एकदेव लिम्बु र गायिका अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिदै छन् l सिल्भर इन्टरटेनमेन्टले पहिलो पटक धरानमा आयोजना हुने भव्य कन्सर्ट नेपाल आइस मनोरञ्जन धमाका २०२२ मा एक साथ उतार्दै छन्। नेपाल आइस् बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह -प्रायोजन रहेको भव्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट,एनएचडीडी स्टुडियो , जेन्टलमेन अनलाइन टिभी , बराह ग्रुप ,एसपी इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको विशेष सहयोग रहेको छ l आयोजक टिमले कन्सर्टको टिकट रु २०० तोकेका छन् l धरानको पब्लिक हाई स्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि कार्यक्रम सुरु हुने छ l कार्यक्रममा विभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको छ।