एनाक्क्षी एन्टरटेन्मेन्ट युट्युब बाट `कर्फ्यु लगाइदे सरकार´ बोलको म्युजिक  भिडियो रिलिज भएको छ । दिनेश गौतमको आवाज ,राजीव थापाको रचना र पुस्तक प्रसादको लय सिर्जना गीतमा समावेश छ । 

रामजि लामिछानेको निर्देशन तथा कोरीयोग्राफी रहेको भिडियोमा नायिका वर्षा सिवाकोटी र मोडल सुधीर श्रेष्ठ फिचर्ड छन् । मानकृष्ण महर्जनले दृश्य कैद गरेको भिडियोलाई बान्दे प्रसादले सम्पादन गरेका हुन् ।