हिट गीत ‘रेलको बाटो’ नाममा फिल्म निर्माण हुने भएको छ । विन्दास प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको हाल स्क्रिप्टमा काम भइरहेको छ । फिल्मको मुख्य भूमिकामा गीतकै मोडेल जीवी चिरणले नै अभिनय गर्ने छन् । सरकारले रेलको सपना बाँडिरहँदा कर्णालीमा बसोबास गर्ने मानिसहरूको पीडा कति गहिरो र दर्दनाक छ भन्ने कुरा ‘रेलको बाटो’ गीतको भिडियोमा देखाइएको छ । फिल्ममा पनि कर्णालीकै कथा र व्यथा समेटिने छ ।फिल्ममा निर्देशक र बाँकी कलाकार भने फाइनल भएका छैनन् । केही दिन पछि पूरा टिम नै फाइनल गर्नुका साथै चलचित्र विकास बोर्डमा नाम दर्ता गर्ने निर्माण टिमको भनाइ छ l