कलाकारहरूको फ्यान फलोइङ हुनु भनेको नौलो कुरा होइन । आफूलाई मन परेको कलाकारसँग भेट्ने इच्क्षा सबैलाई हुन्छ । करिब दुई दशकको सिने यात्राको क्रममा अभिनेत्री झरना थापाले एक फरक फ्यान भेट्टाएकी छिन् । शनिवार चलचित्र ‘ए मेरो हजुर २’को हल रिपोर्ट लिन अभिनेत्री झरना थापा गोपीकृष्ण पुगेकी थिइन् । दर्शकको बढ्दो चापसँगै झरनाको लाई भेट्टन कपनकी १० कक्षामा अध्ययनरत सरिता श्रेष्ठले गिफ्ट सहित झरनालाई भेट्न हल आइपुगेकी थिइन्् ।  आफू आठ वर्षको हुँदा देखि झरनाको चलचित्र हेर्ने थालेको बताउने सरिताले आफ्नो नाम समेत परिवर्तन गरेर झरना श्रेष्ठ राखेकी छिन् । उनले पत्रपत्रिकाबाट झरनाको तस्बिर लगायत समाचारहरु समेत काटेर अटो बनाएकी छिन् । त्यस्तै झरनाका तस्बिरहरुले भरिएको २ वटा फोटो एल्बम समेत उपहार दिइन् । मोबाइल तथा इन्टरनेट नभएको कारण सरिताले साथीहरूसँग भनेर झरनाको चलचित्र हेर्ने गरेको बताइन् । उनले झरनाको ५३ वटा चलचित्र हेरिसकेको र झरनालाई उपहार दिएको फोटो खाजाको पैसा जम्मा गरेर किनेको बताएकी थिइन् । विभिन्न उपहारको साथै सरिताले आफ्नो हात काटेर ‘आई लभ यु’ झरना समेत लेखेको पत्र दिएकी थिइन् । यी सबै नियाल्दै गरेकी झरना आखाँ भरि आँसु पादै भन्छिन् ‘भाग्यमानीले मात्र यस्तो फ्यान पाउछन् । म त्यो मध्यको एक भाग्यमानी रहेछु’ ।  उनै सरितालाई झरनाले मोबाइल उपहार दिएकी छिन् ।