फागुन १३ मा प्रदर्शनको तयारी रहेको फिल्म `प्रेम गीत ३´ को रिलिज मिति पुनः पोस्ट्पोन्ड भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रासका कारण निर्माण टिमले फिल्मको रिलिज मिति स्थगित गरेका हुन् । फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेन उक्त कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् । भारतमा कोभिड संक्रमणमा भएको वृद्धिको कारण फिल्म हलहरू बन्द भएकाले यस्तो निर्णय गर्नुपरेको उनले जनाएका छन् । निर्माता सन्तोष र छेतान गुरुङको संयुक्त निर्देशनमा तैयार भएको फिल्ममा प्रदीप खड्का,क्रिस्टिना गुरुङ,शिव श्रेष्ठ माओत्से गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ ।