फिल्म 'म' फ्लोरमा उत्रेको छ l अभिनेता नरेन खड्कालाई फिल्ममा प्रवेश गराउँदै निर्माण टिमले छायाङ्कन सुरु गरेका हुन् l कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्मलाई निर्देशक सुवर्ण थापाले निर्देशन गर्दै छन् l प्रकाश पुरीको लेखन रहेको फिल्ममा पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्माता हुन् l करण सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिङ पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । फिल्मको छायाङ्कन स्थल काठमान्डौलाई नै लक् गरिएको छ l फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नीराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ मुख्य भूमिकामा छन् ।