एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक भएको छ l ड्रिम हाइ नेपालको आयोजनामा काठमाडौँको सोल्टी होटेल हुन लागेको अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको हो l मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ l पहिलो पटक आयोजना हुन लागेको यस अवार्डमा टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको सम्मान गरिने छ l मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने जिसीले कार्यक्रम आयोजक कमल जिसीको भनाइ छ l यही पुस २४ गते कार्यक्रम हुँदै छ l
मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली :