रिलिज मिति नजिकिँदै गर्दा फिल्म 'चपली हाइट ३' ले फिल्म को शीर्ष गीत रिलिज गरेको छ l निर्माता अर्जुन कुमारको आवाज रहेको गीतको भिडियोमा फिल्म भित्रका दृश्य समावेश गरिएको छ भने कलाकारहरूलाई भाग दौड गरेको देख्न सकिन्छ । केही समय पहिले फिल्मको पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले निकै मन पराइरहेका छन् । 

‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । यस फिल्मको पहिलो भागले दर्शकको मन जितेको थियो भने तेस्रो शृङ्खलासम्म आइपुग्दा पनि दर्शकले पहिलो भागको धङधङी बिर्सेका छैनन् । यसैले फिल्म निकै प्रतीक्षित बनेको छ ।  फिल्म पौष ३० मा रिलिज हुँदै छ l