तस्विर: विकास अर्याल
गायिका एलिना चौहानले अर्की गायिका रचना रिमाल सँग आफ्नो सम्बन्ध रामो रहेको दाबी गरेकी छिन् l सोमबार साँझ काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफ्नो कुरा बताएकी हुन् l केही समय अघि यी दुईको सम्बन्ध बारे सिने बजारमा खासखुस हल्ला चलेको थियो l सम्बन्ध पानी बाराबार भएको भन्ने खबर मिडियाले पनि घुमाइ फिराइ समाचार सम्प्रेषण नगरेको पनि हैन l यस बारे दुवै गायिकाले केही नबोल्दा , साँच्चिकै मनमुटाब भएको त हैन भनेर दर्शक साथै मिडियाकर्मी पनि सोच्न बाध्य बनेका थिए l तर हालै पत्रकारले उक्त प्रश्न चौहानलाई सोध्दा ! उनले सम्बन्ध राम्रो भएको बताएकी थिइन् l प्रश्नमा उनलाई तपाईँको सम्बन्ध रचना सँग कस्तो छ साथै तपाईँहरू बिच मनमुटाब भएको भन्ने हल्ला के हो भनेर सोधिएको थियो l उनले सो प्रश्नको अभिव्यक्ति दिँदै ' मेरो रचना सँग राम्रो सम्बन्ध छ l त्यस्तो तपाईंहरुलाई लागेको मात्र हो l पहिला जहिले हामी टिकटक लाइभमा सँगै आउँथ्यौ , तर बिचमा आफ्नो आफ्नो काममा व्यस्त भयौ l यसैले पनि मनमुटाब भएको भने मनगढन्ते खबरहरू बाहिरिएको हुन पर्छ l एलिना चौहान नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाएकी गायिका हुन् । एलिनाले स्वर भरेका दर्जनौँ गीतहरू रुचाइएका छन् ।